World Health Day

World Health Day

Observed on 7 April

विश्व स्वास्थ्य दिवस २०२५

स्वस्थ सुरुवात, समृद्ध भविष्य

अप्रिल ७, २०२५ मा मनाइने विश्व स्वास्थ्य दिवसको अवसरमा मातृ तथा नवजात शिशु स्वास्थ्यलाई केन्द्रित गर्दै वर्षव्यापी अभियानको शुभारम्भ गरिनेछ । स्वस्थ सुरुवात, समृद्ध भविष्य भन्ने मूल नारा सहित, यस अभियानले सरकार र स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालालाई मातृ तथा नवजात शिशु मृत्यु न्यूनीकरणका लागि प्रयासहरू तीव्र बनाउन र महिलाको दीर्घकालीन स्वास्थ्य तथा आरोग्यतालाई प्राथमिकता दिन आग्रह गर्दछ ।

यस अवसरमा, विश्व स्वास्थ्य संगठन तथा साझेदार संस्थाहरूले स्वस्थ गर्भावस्था, सुरक्षित प्रसूति तथा सुत्केरीपछिको स्वास्थ्य प्रवद्र्धन गर्न सन्देशमूलक जानकारीहरू प्रदान गर्नेछन् ।

हरेक महिला तथा शिशुको स्वस्थ र समृद्धिका लागि सहयोग

यो कार्य अत्यन्त महत्वपूर्ण छ । दुःखद रूपमा, हालै प्रकाशित आंकलनहरू अनुसार हरेक वर्ष करिब ३ लाख महिलाले गर्भावस्था वा प्रसूतिका क्रममा ज्यान गुमाइरहेका छन् । त्यसैगरी, २० लाखभन्दा बढी नवजात शिशुको जन्मेको पहिलो महिनाभित्रै मृत्यु हुन्छ भने करिब २० लाख शिशु मृत अवस्थामा जन्मिन्छन् । यसको अर्थ हरेक ७ सेकेन्डमा रोकथाम गर्न सकिने एउटा मृत्यु भइरहेको छ ।

हालको प्रवृत्तिलाई हेर्दा, ५ मध्ये ४ अर्थात् ८० प्रतिशत देशहरू सन् २०३० सम्म मातृ मृत्युदर कम गर्ने लक्ष्य हासिल गर्न सक्ने अवस्थामा छैनन् । त्यस्तै, ३ मध्ये १ देशले नवजात शिशु मृत्युदर घटाउने लक्ष्य पूरा गर्न नसक्ने सम्भावना छ ।

 

महिलाहरुको आवाज सुन्ने र परिवारहरुलाई सहयोग गर्ने

प्रत्येक महिला र उनीहरुका परिवारलाई गर्भावस्था, प्रसव र सुत्केरी अवस्थामा शारीरिक तथा मानसिक रूपमा सहयोग पु‍¥याउन गुणस्तरीय स्वास्थ्य सेवाको आवश्यकता हुन्छ ।

मातृ तथा नवजात शिशुको स्वास्थ्यमा असर पु¥याउने विभिन्न स्वास्थ्य समस्याहरूको व्यवस्थापन गर्नका लागि स्वास्थ्य प्रणालीको सुदृढीकरण आवश्यक छ । यसमा प्रत्यक्ष प्रसूति सम्बन्धी जटिलतामात्र नभई मानसिक स्वास्थ्य समस्याहरू, नसर्ने रोगहरू, र परिवार योजना सम्बन्धी सेवाहरू पनि समेटिनुपर्छ ।

त्यसैगरी, महिला र परिवारको स्वास्थ्य तथा अधिकार सुनिश्चित गर्नका लागि उनीहरुलाई उपयुक्त कानुन र नीतिहरू मार्फत सहयोग गर्न आवश्यक छ ।  

 

 

Illustration of a mother holding her baby, on a blue background with a world globe in pale blue, and the text "Communications Toolkit, World Health Day 2025".

Photo credit: WHO Nepal/A.Maharjan

अभियानका उद्देश्यहरू


A woman registers herself for a free tuberculosis screening at the active case-finding camp organized in Namobuddha Municipality, Kavrepalanchok

मातृ तथा नवजात शिशु मृत्युदर सम्बन्धी चुनौतीबारे सचेतना वृद्धि गर्ने र महिलाको दीर्घकालीन स्वास्थ्यलाई प्राथमिकता दिनु पर्ने बारे ध्यानाकर्षण गराउने ।

A woman registers herself for a free tuberculosis screening at the active case-finding camp organized in Namobuddha Municipality, Kavrepalanchok

महिला र शिशुहरूको स्वास्थ्य सुधार गर्न पर्याप्त लगानीका लागि पैरवी गर्ने ।

A woman registers herself for a free tuberculosis screening at the active case-finding camp organized in Namobuddha Municipality, Kavrepalanchok

अभिभावकहरू र स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्न संयुक्त पहललाई प्रवद्र्धन गर्ने ।

A woman registers herself for a free tuberculosis screening at the active case-finding camp organized in Namobuddha Municipality, Kavrepalanchok

गर्भावस्था, प्रसव र सुत्केरी अवस्थासम्बन्धी उपयोगी स्वास्थ्य जानकारी उपलब्ध गराउने ।

 

 

अभियानमा सहभागी बनौं

यस अभियानलाई सहयोग गर्न तपाईँले निम्न कुराहरू गर्न सक्नुहुन्छ


सचेतना फैलाउनुहोस्

#HopefulFutures र #HealthForAll प्रयोग गरी अभियानसम्बन्धी जानकारी सेयर गर्नुहोस् ।

सक्रिय रुपमा सहभागी हुनुहोस्

अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी भई मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि आवश्यक पहलहरूबारे थप जानकारी प्राप्त गर्नुहोस् ।

योगदान गर्नुहोस्

संसारभरका आमा र शिशुहरूको सुरक्षा र स्वास्थ्य सुधारमा विश्व स्वास्थ्य संगठनको कार्यलाई सहयोग गर्नका लागि WHO Foundation मा योगदान गर्नुहोस् ।

आफ्ना अनुभव बाँड्नुहोस्

गर्भावस्था, प्रसव र सुत्केरी अवस्थासम्बन्धी आफ्ना अनुभवहरु बाँड्नुहोस् र गुणस्तरीय सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूप्रति आभार व्यक्त गर्नुहोस् ।

News from Nepal

Global News